बलिउड अभिनेता वरूण धवनको फिल्म 'बेबी जोन' ले बक्स अफिसमा कमजोर व्यापार गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार फिल्मले पाँच दिनमा ३० करोड भारू कमाएको छ।
११ करोड २५ लाख भारूको ओपनिङ गरेको फिल्मले दोस्रो दिन ५ करोड १३ लाख, तेस्रो दिन ३ करोड ३०, चौथो दिन ४ करोड २० लाख र ५ करोड भारू कमाएको हो।
कलीस निर्देशित फिल्म 'बेबी जोन' मा वरूण धवन, किर्थि सुरेश, वामिका गब्बी, ज्याकी श्राफलगायत कलाकारको अभिनय छ। फिल्ममा वरूण पहिलो पटक पुलिस अफिसरको भूमिकामा देखिएका छन्।