मुद्रा निर्मलीकरण मुद्दामा जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिजलाई उपहार पठाएका छन्।
क्रिसमसको अवसर पारेर उनले ज्याकलीनलाई उपहार पठाएका हुन्। योसँगै उनले एक पत्र पनि पठाएका छन्।
'तिमीबाट टाढा रहनु, म तिम्रो लागि सान्टा बन्नबाट कसैले रोक्न सक्दैनन्। माई लभ, यो वर्ष तिम्रो लागि विशेष उपहार छ। आज म तिम्रो लागि वाइनको बोतल मात्र होइन वाइनयार्ड उपहार दिन चाहन्छु। जुन फ्रान्समा छ। जसको बारेमा तिम्रले कहिले सोचेको थिएनौं होला। म यस गार्डनमा तिम्रो हात समातेर घुम्न चाहन्छु। पुरै दुनियाँ मलाई पागल सोच्छन्, म साच्चै तिम्रो माया पागल छु। जबसम्म म बाहिर आउदिनँ, पर्खि बस्नु। त्यसपछि हामी पुरा दुनियाँ सँगै घुमौंला,' उनले लेखेका छन्।
केही वर्षअघि इडीले सुकेश चन्द्रशेखरविरूद्ध २०० करोड भारू मुद्रा निर्मलीकरणको मामलामा चार्टशीट दर्ता गरेको थियो। यस मुद्दामा उनी दिल्लीको मन्डोली जेलमा छन्।
यस मुद्दामा इडीले ज्याकलीन र नोरा फतेहीसँग बयान लिएको थियो।
चन्द्रशेखर र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। चन्द्रशेखरले ज्याकलिनलाई महँगा गहना र गाडी उपहार दिएका थिए। त्यसपछि ज्याकलिन पनि यो मुद्दामा तानिएकी हुन्।
भारतीय अखबार इन्डिया टुडेका अनुसार सुकेशले ज्याकलिनलाई ५ करोड ७१ लाख भारूको उपहार दिएका थिए।
इडीले ज्याकलिनलाई पहिलै सुकेश अपराधी भनि थाहा भएको र उनले सुकेशसँग जबरजस्ती पैसा असुल्ने गरेको दाबी गरेको छ।
प्रहरीका अनुसार सुकेशले ठगी गरेको रकमबाट ज्याकलिनलाई दश करोड भारूभन्दा बढीको महँगो उपहार, एउटाको ९ लाख भारु पर्ने चार वटा पर्सियन बिरालो र ५२ लाख भारू पर्ने घोडा उपहार दिएका थिए।