पोखरामा बिहीबार सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) टिम च्याम्पियन बन्न सफल भएको छ।
त्रिवि १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको हो। त्रिविथप ९ रजत तथा ४ कास्य सहित २६ पदक प्राप्त गरि दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भएको हो।
यस्तै ३ स्वर्ण २ रजत र ३ कास्य पदकसहित सुदूरपश्चिम विश्वविद्यालय द्वितीय भएको छ। २ स्वर्ण र ३ रजत पदकसहित मध्यपश्चिमान्चल विश्वविद्यालय तृतीय भएको छ।
सहआयोजक गण्डकी विश्वविद्यालयले १ स्वर्णसहित २ रजत र ५ कास्य पदक प्राप्त गरेको छ। काठमाडौंले २ रजत र ७ कास्य हात पार्दा पोखराले १ रजत ३ कास्य पदक प्राप्त गरेको छ। पूर्वाञ्चल २ कास्य, कृषि तथा वनविज्ञान २ कास्य र लुम्विनी विश्वविद्यालयले १ कास्य पदकमा चित्त बुझाएका छन्।
चार खेल पुरुष भलिबल, महिला/पुरूष एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस गरी १९ स्वर्णपदका लागि प्रतिष्पर्धा भएको थियो।
तेश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता आगामी वर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले आयोजना गर्ने गरि झण्डा हस्तान्तरण गरिएको छ।
कृषि तथा वनविज्ञान विश्व विद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्ण प्रसाद थपलियाले प्रतियोगिता आयोजनाको झण्डा लिनु हुँदै अर्को बर्ष चितवनमा भेट गर्न सबै विश्वविद्यालयलाई निम्ता समेत गरे।