आइबिए मेन्स विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका चन्द्र थापा मगरले ऐतिहासिक सफलता हासिल गरेका छन्।
५४ केजी तौल समूहका चन्द्र थापा मगरले आज इरानी बक्सरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेसँगै कम्तिमा कास्य पदक पक्का भएको हो।
उनले त्यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेका थिए। यो जितसँगै थापाले न्यूनतम ७५ हजार अमेरिकी डलर (१ करोड ७ लाख रूपैयाँ बढी) पुरस्कार रकम सुनिश्चित गरेका छन्।
अब सेमिफाइनलमा उनले काजाकस्तानका प्रतिस्पर्धीसँग भिड्नेछन्। जित हासिल खण्डमा थापाले १ लाख ५० हजार डलर पुरस्कार प्राप्त गर्न सक्नेछन्।
यता ४८ केजी तौल समूहका लाल बहादुर उप्रेतीले पनि प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरे।
उनले इथोपिया र माल्दोभाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए।
यद्यपी क्वाटरफाइनलमा काजाकस्तानका बक्सरसँग पराजित भएपछि उप्रेती प्रतियोगिताबाट बाहिरिए। उनले १० हजार अमेरिकी डलर पुरस्कार रकम सुरक्षित गरे।