नेपाल कबड्डी लिगको प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।
धनगढी वाइन्डक्याट्सले प्लेअफमा पुग्ने अन्तिम टोली बनेको हो।
धनगढीले अन्तिम खेलमा हिमालयन रेइडर्सलाई तीन अंकले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा धनगढीले हिमालयनलाई ४१–३८ ले हरायो।
जितसँगै धनगढी चौथो बन्यो। चौथो स्थानको धनगढीले पाँच खेलबाट ११ अंक जोड्यो। समान खेलबाट ६ अंक जोडेको हिमालयन भने प्रतियोगिताबाट बाहिरियो।
यसअघि जनकपुर नाइट्स, काठमाडौं माभरिक्स र विराटनगर बान्डिट्स शीर्ष तीनमा रहँदै यसअघि नै प्लेअफमा स्थान बनाएका छन्।