भारतमा भएको खो खो विश्वकपमा नेपालका महिला र पुरुषका दुवै टोली उपविजेता बनेका छन्।
आइतबार घरेलु टोलीसँगको फाइनल भिडन्तमा पराजित भएपछि नेपालका टोली उपविजेतामा सीमित बनेका हुन्।
महिलातर्फ भारतसँग ७८-४० अंकले पराजित हुँदा नेपाल विश्व च्याम्पियन हुन सकेन।
नेपालले यसअघि सेमिफाइनलमा युगान्डालाई पराजित गरेको थियो।
विश्वकपमा महिलातर्फ १९ टोली सहभागी थिए। जसमा नेपालले समूह ‘सी’ मा विजेता बनेर अन्तिम आठमा पुगेको थियो। नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएको थियो।
नेपाल पुरुषतर्फको उपाधि भिडन्तमा पनि भारतसँगै नै हार्यो। भारतले नेपाललाई फाइनलमा ५४-३६ अंकले पराजित गर्यो। २० टिम सहभागी पुरुषतर्फ नेपाल समूह ‘ए’ मा उपविजेता बन्यो।
अन्तिम आठमा नेपालले बंगलादेश र सेमिफाइनलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो। खो खोको विश्वकप पहिलो पटक आयोजना भएको हो।