भारतमा भएको खो खो विश्वकपमा नेपाल महिलातर्फ उपविजेता बनेको छ।
आइतबार घरेलु टोलीसँगको फाइनल भिडन्तमा पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो।
भारतसँग ७८-४० अंकले पराजित हुँदा नेपाल विश्व च्याम्पियन हुन सकेन।
नेपालले यसअघि सेमिफाइनलमा युगान्डालाई पराजित गरेको थियो।
विश्वकपमा महिलातर्फ १९ टोली सहभागी थिए। जसमा नेपालले समूह ‘सी’ मा विजेता बनेर अन्तिम आठमा पुगेको थियो। नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएको थियो।
नेपालले पुरुषतर्फको उपाधि भिडन्तमा पनि आजै भारतसँग खेल्दैछ। २० टिम सहभागी पुरुषतर्फ नेपाल समूह ‘ए’ मा उपविजेता बन्यो।
अन्तिम आठमा नेपालले बंगलादेश र सेमिफाइनलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो। खो खोको विश्वकप पहिलो पटक आयोजना भएको हो।