स्टार खेलाडीहरू जाहीर खान, जरप्रित बुम्राह, ब्रट ली र शोएव अख्तरको बलिङ हेर्दै हुर्किएका १५ वर्षीय आकाश चौधरीले टी-२० खेलमा कुनै पनि रन नदिइ १० विकेट लिने नयाँ विश्व कीर्तिमान बनाएका छन्।
राजस्थानको जयपुरमा बुधबार खेलिएको खेलमा दिशा क्रिकेट एकेडेमीको तर्फबाट खेलेका आकाशले यो अनौठो रेकर्ड बनाएका हुन्।
यस खेलमा दिशा क्रिकेट एकेडेमीले सुरुमा ब्याटिङ गर्दै १५६ रन बनायो । त्यसपछि १५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्न आएको पर्ल क्रिकेट एकेडेमीलाई आकाशले ३६ रनमा समेटिदिए।
आकाशले आफ्नो पहिलो ओभरमा २ विकेट लिएर पर्ल एकेडेमीमाथि हाबी भए। बिबिसीसँगको कुराकानीमा आकाशले भने, ‘म आफ्नो पहिलो ओभरमा २ विकेट लिएँ र दोस्रो तथा तेस्रो ओभरमा पनि २/२ विकेट नै लिएँ। अन्तिम ओभरमा चार विकेट लिएँ जसमा एउटा हृयाटि्रक पनि सामेल छ । ६ खेलाडीलाई बोल्ड गरेँ भने चार जनालाई एलवीडब्ल्यू गरेँ ।’
बीबीसीसँग कुरा गर्दै आकाशले भनेका छन्, ‘क्रिकेटमा मैले १५ पटक भन्दा बढी पाँच विकेट लिएको छुँ र केही खेलहरुमा छ/सात विकेट लिएको छु । पूरै दिन क्रिकेट नै मेरो काम हो । बिहान फिल्डिङ हुन्छ, दिउँसो लञ्चपछि नेट प्राक्टिस सुरु हुन्छ ।’
आकाश भन्छन् कि उनलाई जसपि्रत बुम्राह र ब्रेट ली निक्कै मनपर्ने खेलाडी हुन्, तर तर उनी कसैको स्टाइल कपी गर्न रुचाउँदैनन् । यसबारे उनको आफ्नै तर्क छ, ‘म कसैको कपी गर्दिन किनभने यसो गर्दा तपाईं आफ्नो रोलमोडल जस्तो पनि बन्न सक्नुहुन्छ र तपाई आफू के बन्न चाहनुहुन्छ त्यो पनि बन्न सक्नुहुन्न ।’
‘आकाश जुन उमेरमा यस्तो शानदार बलिङ गरिरहेको छ उसबाट उनको रणजीमा आउने सम्भावना बढेको छ । सामान्यतः बलरको मुख्य हतियार स्टम्प बल हो, तर आकाश इन स्वीङ र आउट स्वीङ दुवै गर्न सक्छ । उ टि-२० का लागि पनि प्रभावकारी हुन्छ किनभने उसले स्लोअर वान र कटरजस्ता बल फाल्न सक्छ ,’ आकशसँगै खेल्ने पार्थ उपाध्यायले भने।
आकाशका प्रशिक्षक विवेक यादवका अनुसार उनी प्रतिभाशाली किशोर खेलाडी हुन् र यसको पछाडि आकाशले मिहिनेत पनि निक्कै गरेका छन् ।
‘हरेक दिन आठ घण्टा प्रशिक्षण गर्छन र उनको मिहिनेतको जोश हेर्नलायक देखिन्छ । जम्मा १५ सालको उमेरमा उनले औषत १३० किमी प्रतिघण्टाको स्पिडमा बलिङ गर्न सक्छन्,’ उनले भने।
आकाशलाई केही सिकाउनै नपर्ने प्रशिक्षक यादव दाबी गर्छन्, ‘आकाशलाई केहि सिकाउनै पर्दैन । शारीरिक रुपमा उनी स्वस्थ छन् र उनको एक एथ्लिट बडी छ । विकेटको कुरा गर्दा उनले अहिलेसम्म १५ पटकभन्दा बढी ५ विकेट लिएका छन् ।’