मौसममा सुधार नआएपछि अन्तरिकतर्फ शनिबारका सम्पूर्ण उडान रद्द भएका छन्।
बिहानैदेखि लगातार पानी परेकाले उडान हुन सकेको थिएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सम्पूर्ण वायुसेवालाई कुनै पनि उडान नगर्न सूचना दिएको थियो।
मौसममा सुधार आए उडान नियमित हुने भनिए पनि सुधार नहुँदा शनिबारका लागि सबै उडान रद्द गरिएको विमानस्थलले जनाएको छ।
वायुसेवा कम्पनीहरूले अर्को उडान वा पैसा फिर्ताको निम्ति आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा कम्पनीको कल सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ।