धार्मिक एवं पर्यटकीय स्थल पाथिभरा क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। विगत वर्षमा पुस दोस्रो सातादेखि नै हिउँ पर्ने गरे पनि यसपटक माघ पछि मात्र यो क्षेत्रमा हिउँ परेको स्थानीयले बताएका छन् ।
हिउँले पाथिभरा क्षेत्रको देउरालीदेखि माथिको क्षेत्र सेताम्मे बनेको हो। तेर्से, भालुगौडे, काफ्लेपाटी, फेदी र मन्दिरासम्म हिउँले ढाकेको छ।
हिमपातसँगै चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन्।
पछिल्लो समय बाह्रै महिना पाथिभराको दर्शन गर्न भक्तजन आउने गरेका छन्। भारतका सिक्किम, पश्चिम बंगाल, उत्तर प्रदेश, बिहारलगायत राज्य तथा पाकिस्तान र बंगलादेशबाट पनि पाथिभरा दर्शन गर्न आउने क्रम बढ्दो छ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरूः निरज थकाली