नेपाल विद्युत प्राधिकरणले हालै श्वेतपत्र जारी गरेको छ।
सो श्वेतपत्रमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले प्रस्तुत गरेका तथ्य र सार्वजनिक रूपमा गरेका दाबीहरू नमिलेको जिकिर गरिएको छ। कति नेपालीका घरमा बिजुली पुगेको छ, प्राधिकरणको चुहावट कति घटेको छ, नाफा कति पुगेको छ जस्ता आधारभूत विषयहरूमा कुलमानले गरेका दाबी नै गलत भएको श्वेतपत्रमा उल्लेख छ।
त्यस्तै, ऊर्जामन्त्री दीपक खड्काले संसदको रोस्ट्रममा उभिएर कुलमानले लोडसेडिङ हटाउन खेलेको भूमिकालाई चुनौती दिँदै भनेका थिए — लोडसेडिङ हटाएको जस अरूलाई होइन, बिजुली उत्पादन गर्ने निजी क्षेत्रका उद्यमी र भारतलाई दिनुपर्छ।
हामीले कुलमानसँग प्राधिकरणले जारी गरेको श्वेतपत्र, उनको कार्यकालमा उद्योगीहरूसँग भएको प्राधिकरणको विवाद, लोडसेडिङ अन्त्य गर्न उनको भूमिकाबारे सोधेका छौं। त्यस्तै उनको आगामी यात्रा र उनी राजनीतिमा आउने वा नआउनेबारे पनि सोधेका छौं।
प्रस्तुत छ कुलमान घिसिङसँग सेतोपाटीका प्रधान–सम्पादक अमित ढकालले लिएको भिडिओ अन्तर्वार्ता: