काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरूले तोडफोड गरेका छन्।
आन्दोलनरत नेविसंघले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरी कुर्सी फालिदिएका हुन्।
आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सर्वसम्मत रूपमा गरिएको विरोधमा नेविसंघ आन्दोलनमा छ।
आरआरमा नेविसंघको एउटा समूह सर्वसम्मत रूपमा गठन गरेको स्ववियु चुनावमा सहभागी भएको थियो। तर नेविसंघका उम्मेदवारलाई थाहा नै नदिई स्ववियु गठन गरिएको भन्दै नेविसंघलगायतले उच्च अदालत पाटनमा रिट पनि दिएका छन्।