नयाँ वर्षको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री आरजु राणा देउवा र विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरूका प्रतिनिधि तथा राजदूतहरूले इलामको कन्याममा रमाएका छन्।
आइतबार परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि आयोजना गरिएको रिट्रिट कार्यक्रम अन्तर्गत कन्याममा कूटनीतिज्ञहरू रमाएका हुन्।
उनीहरूले कन्याममा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग तस्बिर लिनुका साथै विभिन्न जातजातिका भेषभूषामा सजिएका थिए। साथै कतिपय राजदूतहरू कन्यामका विभिन्न स्थानमा घोडचडीमा पुगेर रमाएका थिए।
यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं मिसन प्रतिनिधिहरू रहेका छन्।
केही समय कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गरिरहेका उनीहरूले त्यसलगत्तै घोडामा चढेर कन्यामको परिक्रमा गरेका थिए।
नयाँ वर्षको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाको समेत सहआयोजनामा नेपाल स्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिका लागि यो कार्यक्रमको आयोजना गरेको छ।
खासगरी नेपालको पर्यटन प्रवर्धनका लागि इलामको विशेषता यहाँको स्थानियताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो।
आज र भोलिसम्मका लागि आयोजना गरिएको यो कार्यक्रममा परराष्ट्रमन्त्री राणा र परराष्ट्र सचिव अमृतबहादुर राई लगायत सहभागी रहेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।
तस्बिरहरू:

-1744554150.jpg)
-1744554150.jpg)
-1744554150.jpeg)
