राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाइएको छ।
सोमबार जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई केही बेर अघि जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए।
सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।
लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा पुर्याइएको छ।