नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा बुधबारदेखि दैनिक चार घन्टा सवारी आवागमन बन्द हुने जनाएको छ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ।
चैत ३१ गतेसम्म यही समयमा उक्त खण्ड बन्द रहनेछ। वैशाख १ गतेदेखि भने दैनिक छ घन्टा बन्द रहनेछ। त्यसअवधिमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुने आयोजनाले जनाएको छ।