गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा एक सय १५ वटा उडान र अवतरणमार्फत ६ हजार बढीले यात्रा गरेका छन्।
विमानस्थल कार्यालयका अनुसार गत फेब्रुअरी महिनाभरीमा चारवटा अन्तर्राष्ट्रिय उडानमार्फत ६ हजार ७७९ जनाले यात्रा गरेका हुन्।
जसमध्ये फ्लाई दुबईमा दुई हजार ४०३, जजिरामा तीन हजार २६५, थाई एयर एसियामा एक हजार ९७, नेपाल एयरलाइन्समा एक जना र १३ जनाले चार्टर्ड उडानमार्फत यात्रा गरेका छन्। उक्त उडानमा दुई सय ११ जना विदेशी यात्रु थिए।
त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० जनाले ट्रान्जिट यात्रा गरेका छन्।
नोभेम्बरबाट उडान भएता पनि फेब्रुअरी महिनाको यात्रु आवगमन अहिलेसम्मकै धेरै रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।