सौराहामा पर्यटकको चहलपहल बढेको छ। अघिल्लो वर्षको तुलनामा यसपालि आन्तरिक पर्यटकको संख्या बढेको होटल व्यवसायीहरू बताउँछन्।
साँझपख राप्ती नदी किनारका रेष्टुरेन्टहरू पनि भरिभराउ हुन्छन्।
किनारको ड्याममा फोटो खिच्ने उत्तिकै हुन्छन्। विदाको समयमा घुम्ने संस्कार बढेकाले त्यसको प्रभाव सौराहामा देखिन्छ।
जीप सफारी र हात्तिसफारी बाह्य तथा आन्तरिक पर्यटकको आकर्षणका रूपमा छ।
कुमरोज मध्यवर्ती सामुदायिक वन जीप सफारी सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको छ।
पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकले जीप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् ।
यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरु नजिकबाट अवलोकन गर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो।
यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ ।
वन्यजन्तुमा बाघ, गैडा, हात्ति, चितुवा, चित्तल, मृग, मयुर, जङ्गलि बदेल लगयत विभिन्न प्रजातिका चराहरु हेर्न पाइन्छ।
तस्बिहरूः
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।