सनराइज बैंकले भ्याली एक्सप्रेस रेस्टुरेन्टसँगको सहकार्यमा १० प्रतिशत छुटको योजना ल्याएको छ।
यस योजनाअन्र्तगत सनराइज बैंकका ग्राहकले डेविट/क्रेडिट कार्ड प्रयोग गरी भ्याली एक्सप्रेस रेस्टुरेन्टको बिल झुक्तानी गर्दा उक्त छुट प्राप्त गर्छन्।
बिहीबारदेखी दुई महिनासम्म भ्याली एक्सप्रेसका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुरका शाखाहरुबाट छुट प्राप्त गर्नसक्ने बैंकले बताएको छ।
यो बैंकले १५२ एटिएम, १३० शाखा, २ हजार भन्दा बढी मर्चेन्ट नेटवर्कबाट सेवा दिदैं आएको छ।