'लोकतन्त्रको सुधार–दलहरूमा सुधार' बहस शृंखलाको चौथो अंकमा मैले तीन जना प्रखर जेनजी युवाहरूसँग कुराकानी गरेको छु।
भदौ २३ गतेको प्रदर्शन आयोजना गरेका र त्यो दिन आफै सडकमा ओर्लिएका तीन जना युवाहरू रक्षा बम, रिजन मगर र उपार्जुन चाम्लिङलाई मैले बहसका लागि सेतोपाटीको स्टुडियोमा निम्त्याएको हुँ।
नेपाली समाजमा अहिले विभिन्न खाले सुधारका माग भएका छन्। कतिपयले संविधानमै व्यापक परिवर्तन गर्नुपर्ने र शासकीय स्वरूपमै परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
संसदीय प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, धर्म निरपेक्षता खारेज गर्नुपर्ने लगायत माग पनि निरन्तर उठ्ने गरेका छन्।
भदौ २३ गते युवा पुस्ता खासमा के माग राखेर सडकमा ओर्लिएको हो? अहिले पनि उनीहरूले चाहेको सुधार र परिवर्तन के हो?
प्रत्यक्ष निर्वाचित कार्यकारीका साथै संघीयता र धर्मनिरपेक्षताबारे मैले उनीहरूका धारणा सोधेको छु।
साथै उनीहरू अहिले के के कुरामा सुधार चाहन्छन् र आफै राजनीतिमा सहभागी हुनेबारे उनीहरूको धारणा के छ भन्नेबारे पनि सोधेको छु।