मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
गत बिहीबारदेखि घट्न थालेको नेप्से यसदिन भने बढेको हो।
नेप्से ०.१२ प्रतिशतले बढेर २५८४.४९ विन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार तीन अर्ब ५१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर तीन अर्ब ४२ करोड रूपैयाँ पुगेको छ।
यस दिन ३२८ वटा धितोपत्रको ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १३४ कम्पनीको सेयरमूल्य बढेको छ भने ११७ वटाको घटेको छ। यस्तै आठ कम्पनी स्थिर छन्।
आज एसवाई प्यानलको सेयर मूल्य सर्वाधिक ७.०१ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ८०६ रूपैयाँ पुगेको छ।
यस्तै, गुराँस लघुवित्तको मूल्य ६.०१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ९९३ रूपैयाँ कायम भएको छ।
यसैगरी, सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ५.९७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४८८ रूपैयाँमा झरेको छ।
मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ८०६ रूपैयाँमा ३० करोड ९८ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सागर डिस्टिलरी रहेको छ। उक्त कम्पनीको एक हजार रूपैयाँमा ८ करोड ५३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।
यस दिन अन्य समूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ।