मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
जसमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।