जनता बैंकको तीन दिने आँखा शिविर


जनता बैंकले लमजुङको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत आँखा शिविर सम्पन्न गरेको छ।

सो अवसरमा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य राखिएकोमा कुल १२९५ जनाले परीक्षण गराएका थिए।

जसमा ३० जना विरामीको शिविरस्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ।

उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ। साथै ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो।

उक्त स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.