वाणिज्य बैंकको उपस्थिति नभएका २७ स्थानीय निकायहरुमा एनआईसी एसिया 


सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल पुर्याउने सरकारको नीति बनेसँगै एनआइसी एसिया बैंकले २७ स्थानीय तहमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ।

कुनै पनि वाणिज्य बैंकको शाखा नभएका र प्रतिबद्धता जनाएका ३४ मध्ये २७ निकायमा शाखा पुर्याइएको बैंकले जनाएको छ।

बैंकको हालसम्म २१० शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५ हजार ५ सय रेमिट्यान्स एजेन्ट छन्।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा बैंक निजी क्षेत्रको अग्रणीमध्येको एक हो।

बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ। हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ५० हजार पुगेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.