एसएस राजामौलीको पछिल्लोे फिल्म 'आरआरआर' ले अस्कर अवार्ड जित्दै इतिहास रचेको थियो।
त्यतिबेला देखि नै उनको आगामीको प्रतिक्षा भइरहेको छ। हाल राजामौली अभिनेता महेश बाबू र प्रियंका चोपडासँग 'एसएसएमबी २९' मा काम गरिरहेका छन्। जसको छायांकन सुरू भइसकेको छ।
यसैबीच हैदराबादमा भएको एक कार्यक्रममा राजामौलीले आफ्नो ड्रिम प्रोजेक्ट 'महाभारत' लाई लिएर कुराकानी गरेका छन्। उनले यस फिल्ममा नानी अनुबन्धित भएको जानकारी दिएका छन्।
राजामौली पहिला महेश बाबुसँग 'एसएसएमबी २९' को छायांकन पुरा गर्नेछन्। त्यसपछि आफ्नो ड्रिम प्रोजेक्ट 'महाभारत' को तयारीमा जुट्ने छन्।
'महाभारत' लाई लिएर दर्शक निकै उत्साहित छन्। अब नानी फिल्ममा भएको खुलासा भएसँगै उत्सुकता बढेको छ।