कमेडी होस् कि एक्सन रोहित शेट्टी जस्तो आफ्नो फिल्ममा मसला लिएर आउँछन्, त्यसलाई दर्शक निकै मन पराउँछन्।
सिक्वेल वा फेन्चाइजी लिएर आउँदा बक्स अफिसमा कम कमाइ हुन्छ। तर रोहित शेट्टीका 'गोलमाल', 'सिंघम' का सिक्वेलले नयाँ रेकर्ड राखेका छन्। यतिबेला उनी जोन अब्राहमसँग काम गर्ने तयारीमा छन्। यसैबीच उनले दुई फिल्म 'सिम्बा' र 'सूर्यवंशी' को सिक्वेल बनाउने घोषणा गरेका छन्।
'सिम्बाको पार्ट २ र सूर्यवंशीको कहानी अगाडि बढ्ने छ। कप युनिभर्समा अझै फिल्म बन्ने छ,' उनले भारतीय सञ्चारमाध्यम दैनिक जागरणसँग भनेका छन्।
गतवर्ष रोहित शेट्टीको फिल्म 'सिंघम अगेन' रिलिज भएको थियो। फिल्ममा दीपिका पादुकोण, अजय देवगन, करीना कपूर खान, रणवीर सिंह, अक्षय कुमार, टाइगर श्राफ, अर्जुन कपूरलगायत कलाकार देखिएका थिए।