बलिउड अभिनेता इरफान खानका छोरा बाबिल खान सामाजिक सञ्जालमा बुबालाई याद पोस्ट सेयर गरिरहेका हुन्छन्।
उनीमाथि बुबाको मृत्युको फाइदा उठायो भन्ने आरोप पनि लागि रहेको हुन्छ। अब आफ्नो फिल्म 'लगआउट' को प्रमोशनको क्रममा बाबिलले यसको जबाफ दिएका छन्।
बाबिलले द लल्लनटपसँग कुराकानी गर्दै भनेका छन्, 'केही व्यक्तिले मैले बुबाको मृत्युलाई प्रयोग गरेर बलिउडमा प्रवेश गर्यो भने। यदी यस्तो हुन्थ्यो भने म आज दिनकै अडिसन दिइरहेको हुन्थे र? हामीले त्यतिबेला जति माया वर्षायौ, त्यसलाई फर्काउनु मेरो जिम्मेवारी थियो। मैले त्यही माया सामाजिक सञ्जालमा सेयर गरेको हुँ।'
उनले बुबाको मृत्युपछि आफ्नो पुरै दुनियाँ परिवर्तन भएको बताए।
सन् २०२२ मा बाबिलले नेटफ्लिक्सको फिल्म 'कला' बाट बलिउडमा डेब्यू गरेका थिए। त्यसपछि उनी 'फ्राइडे नाइट प्लान' मा देखिएका थिए। यतिबेला उनी अभिनीत फिल्म 'लगआउट' डिजिटल प्लेटफर्ममा रिलिज भएको छ। यो एक साइबर थ्रिलर फिल्म हो।