बलिउड अभिनेता आमिर खान आगामी फिल्म 'सितारे जमीन पर' मा देखिँदैछन्।
यस फिल्ममा उनी फरक लुक्समा देखिनेछन्। उनी फिल्ममा बास्केटबल कोचको भूमिकामा देखिँदैछन्।
आमिरले फिल्मबारे भने, 'सितारे जमीन पर लगभग तयार छ। थिमको रूपमा यो तारे जमीनभन्दा धेरै फरक छ। यो प्यार, मित्रता र जीवनको बारेमा हो। तारे जमीन परले तपाई रूवायो तर यो फिल्म तपाईलाई हसाउँछ।'
यो स्पेनिश फिल्म 'च्याम्पियन्स' को हिन्दी रिमेक हो। जुन सन् २०१८ मा आएको थियो। जसमा स्पेनको एडरेस बास्केटबल टिमको वास्तविक जीवनमा आधारित थियो। यो फिल्म हलिउडमा पनि रिमेक बनिसक्यो।
'सितारे जमीन पर' लाई आरएस पसन्नाले निर्देशन गर्दैछन्। फिल्ममा दर्शील सफरी र जेनेलिया देशमुखको पनि अभिनय छ।
फिल्म 'तारे जमीन पर' मा सन् २००७ मा रिलिज भएको थियो।