बलिउड अभिनेता शाहरूख खान यतिबेला चर्चामा आएका छन्।
हालै उनी आइफा २०२५ को प्रि-इभेन्टमा सहभागी भएका थिए। जहाँ उनले लगाएको घडीको चर्चा भइरहेको छ। उनले कार्यक्रममा आडमार्स पिगुएटको एक लिमिटेड एडिशन घडी लगाएका थिए। जुन १८ क्यारेड सुनबाट बनेको हो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यस घडीको मुल्य ७६ लाख ८४ हजार ८२५ भारू पर्दछ। संसारभरमा २५० यस्तो घडी उपलब्ध छ। शाहरूख महँगा घडीको शौकिन हुन्। उनीसँग यस्ता घडीको थुप्रै कलेक्सन छ।
शाहरूख आगामी फिल्म 'किङ' मा देखिनेछन्। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिँदैछन्। फिल्मलाई सुजाय घोषले निर्देशन गरेका हुन्। एक्सन थ्रिलर जनराको फिल्मलाई शाहरूखकी श्रीमती गौरी खान र सिद्धार्थ आनन्दले निर्माण गरेका हुन्।