अभिनेत्री सामन्था रूथ प्रभु पछिल्लो समय विग्नेश शिवनको तमिल फिल्म 'काथुवाकुला रेन्दु काधल' मा देखिएकी थिइन्। यसपछि उनी बलिउड वेब सिरिज 'सिटाडेल: हनी बनी' मा देखिइन्।
यतिबेला सामन्थाले कुनै पनि तमिल फिल्म साइन गरेकी छैनन्। उनले तमिल फिल्म साइन नगर्नुको कारण खुलाउँदै भनिन्, 'धेरै फिल्म गर्न सजिलो छ। तर मलाई लाग्छ कि म आफ्नो जीवनको त्यो चरणमा छु, जहाँ हरेक फिल्म अन्तिम हो भन्ने महसुस होस्। फिल्ममा त्यस्तै प्रभाव हुनुपर्छ। त्यही भएर म जस्तो पाएँ, त्यस्तै फिल्म खेल्न चाहन्नँ।'
अब सामन्था फिल्म 'रक्त ब्रह्मान्ड' मा देखिँदैछिन्। उनको अनुसार यस फिल्ममा उनी फरक भूमिकामा देखिँदैछिन्।
'यो फिल्म खेल्नुको मुख्य कारण राज र डिके हुन्। उनीहरू थुप्रै चुनौतिका साथ काम गर्छन्। जब म हरेक दिन काम जान्छु, एक अभिनेत्रीको रूपमा सन्तोषजनक हुन्छ। यदी मलाई हरेक दिन यस्तो महसुस भएन भने म काममा जान चाहन्नँ,' उनले भनिन्।