बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म 'स्काई फोर्स' विवादमा फसेको छ।
२४ जनवरीदेखि प्रदर्शन भएको फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका थिए। वास्तविक कथामा आधारित फिल्म हेरेर दर्शकको मनमा देशभक्ति भरेको छ। यसैबीच फिल्मले विवाद झेल्नु परेको छ।
भारतीय सञ्चारमाध्यम कोडवा समुदायले फिल्मको एक सिनलाई लिएर आपत्ति जनाएका छन्। यो फिल्म स्काई फोर्स १९६५ मा पाकिस्तानको युद्धको क्रममा भारतको पहिलो हवाई हमलामा आधारित छ। यस फिल्ममा स्क्वाड्रन लीडर अज्जामदा बोप्पय्या देवय्याको भूमिकालाई लिएर विवाद भएको हो। फिल्म अज्जामदाको भूमिका वीर पहाडियाले निर्वाह गरेका छन्।
फिल्ममा अज्जामदालाई तमिल देखाइएको छ। तर उनी कर्नाटकको कोडवा समुदायका थिए। त्यसैले कोडवा समुदायले फिल्मको विरोध गरेका हुन्।
अभिषेक अनिल कपूर र सन्दिप केवलानी निर्देशित फिल्म अक्षय कुमार, सारा अली खान, निम्रित कौर, वीर पहाडियालगायत कलाकारको अभिनय छ।