बलिउड अभिनेता सैफ अली खानमाथि १५ जनवरीमा छुरा प्रहार भएको थियो।
यस हमलामा उनलाई ६ वटा चोट लागेको थियो। अस्पतालमा ५ दिन भर्ना भएपछि उनी घर फर्किएका छन्। सैफलाई डाक्टरले १ महिनासम्म आराम गर्न सल्लाह दिएका छन्। १५ दिन उनलाई बेड रेस्ट गर्न भनिएको छ।
सैफमाथि हमला गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार आरोपीको वास्तविक नाम मोहम्मद शरीफुल इस्लाम शहजाद हो। उनी ३० वर्षका हुन्। भारतमा उनी विजय दास नाम राखेर बस्दै आएको बताइएको छ। उनी ६ महिनाअघि मुम्बईमा आएका थिए।
मोहम्मद हाउसकिपिङ एजेन्सीमा काम गरिरहेका थिए। उनी पहिलो पटक सैफ अली खानको अपार्टमेन्टमा गएका थिए।
हालै प्रहरीले सैफ अली खानको बयान दर्ता गरेको छ। बयानमा सैफले भनेका छन्, 'म र करीना आफ्नो बेडरूममा थियौं। हामीले जहांगीरकी नैनी चिच्याएको सुन्यौं। आवाज सुन्नेबित्तिकै हामी जेहको रूममा गयौं। जहाँ एक व्यक्तिलाई देख्यौं। जेह रोइरहेका थिए। हमलावरलाई रोक्ने कोशिश गर्दा केहीबेर घम्साघम्सी भयो। हमलावरले आफूलाई छुट्टाउन मेरो ढाड, गर्दन र हातमा चक्कु प्रहार गरे।'