बलिउडकी लोकप्रिय गायिका मोनाली ठाकुरको लाइभ कन्सर्टमा अचानक स्वास्थ्यमा समस्या आएको छ।
यतिबेला सामाजिक सञ्जालमा उनको एक भिडिओ भाइरल भइरहेको छ। जसमा गीत गाउँदै गर्दा उनको स्वास्थ्यमा समस्या आएको देखिएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी पश्चिम बंगालमा कूचबिहारको दिनहाटा फेस्टिभलमा आफ्नो प्रस्तुति दिन गएकी थिइन्।
उनले प्रस्तुतिको क्रममा माफि माग्दै भनिन्, 'म तपाईहरूसँग इमानदारीसँग माफी माग्न चाहन्छु। आज तपाईहरूलाई मनोरञ्जन दिन सकिनँ।'
कन्सर्ट रोकिएपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो। उनलाई स्टेजमा स्वास फेर्न समस्या भएको बताइएको छ।
मोनालीले 'सावार लू', 'मोह मोह के धागे' जस्ता थुप्रै चर्चित गीतमा आवाज दिएकी छन्।