भारतीय कमेडियन कपिल शर्मा, अभिनेता राजपाल यादव र कोरियोग्राफर रेमो डिसुजालाई ज्यान मार्ने धम्की आएको छ।
भारतीइ सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई पाकिस्तानबाट एक इ-मेलमार्फत ज्यान मार्ने धम्की आएको हो। यसमा कमेडियन सुगन्धा मिश्राको पनि नाम रहेको बताइएको छ।
इ-मेलमा लेखिइएको छ, 'हामीलाई तपाईहरूको क्रियाकलाप हेरिरहेका छौं। यो कुनै पब्लिक स्टन्ट या तपाईहरूलाई चिन्तित गर्ने प्रयास होइन। हामी तपाईहरूलाई गम्भिरताका साथ यस कुरालाई ध्यानमा राख्नुस् भन्ने चाहन्छौं। यदि यस्तो भएन भने तपाईहरूको व्यक्तिगत र पेसागत जीवनमा असर पर्न सक्छ। हामी आगामी ८ घण्टामा मेलको प्रतिक्रिया चाहन्छौं। यस्तो भएन भने तपाईहरूले यस मेललाई गम्भिरताका साथ लिनु भएन भन्ने बुझ्छौं। हामी तपाईहरू विरूद्ध एक्सन लिन्छौं। हामी बिश्नोई होइनौं।'
उक्त इ-मेल विष्णु नामबाट आएको हो। यस मामिलामा मुम्बई प्रहरीले अज्ञात व्यक्तिको विरूद्ध बिएनएसको धारा ३५१ (३) को केस दर्ता गरेको छ। तर कपिल, राजपाल र रेमोले यस इ-मेलप्रति कुनै प्रतिक्रिया जनाएका छैनन्।