बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन्।
१६ जनवरीमा छुरा प्रहार भएपछि उनलाई लीलावती अस्पताल भर्ना गरिएको थियो। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई हमला भएको घरमा नभई अर्कै घरमा लगिएको छ।
सैफलाई डाक्टरले १ महिनासम्म आराम गर्न सल्लाह दिएका छन्। १५ दिन उनलाई बेड रेस्ट गर्न भनिएको छ।
यस हमलामा अभिनेता सैफको जिउमा ६ वटा चोट लागेको थियो। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरज उत्तमानीले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।