दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीको फिल्म 'कान्तारा' सुपरहिट भएको थियो।
उनी यस फिल्मको प्रिक्वेल लिएर आउँदैछन्- कान्तारा च्याप्टर १। हाल फिल्मको छायांकन भइरहेको छ। तर यस फिल्मको छायांकन सेटमा स्थानीय बासी र निर्माण टिमबीच झगडा भएको छ।
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार पूर्व जिल्ला पञ्चायतको सदस्य सन्ना स्वामीले ऋषभ शेट्टीको फिल्मको टिममाथि जनावर र पन्क्षीलाई नोक्सान पुर्याएको आरोप लगाएका छन्।
सेटमा दुई पक्षबीच कुराकानी नमिलेपछि स्थानीय बासी र निर्माण टिमबीच झगडा भएको हो। यस झगडामा एक व्यक्ति घाइते भएका छन्। उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। त्यसपछि येसलूर पुलिस स्टेशनमा केस दर्ता गरिएको छ।
ऋषभ शेट्टी निर्देशित फिल्म 'कान्तारा च्याप्टर १' २ अक्टोबर २०२५ मा रिलिज हुनेछ।