बलिउड अभिनेत्री कंगना रनावतको फिल्म 'इमरजेन्सी' ले भारतीय बक्स अफिसमा औसत कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्मले दुई दिनमा ५ करोड ९२ लाख भारू कमाएको छ। २ करोड ५० लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ३ करोड ४२ लाख भारू कमाएको हो। आइतबार फिल्मको कमाइ बढ्ने भारतीय फिल्मकर्मीको अनुमान छ।
फिल्ममा कंगनासँगै श्रेयस तलपडे, अनुपम खेर, मिलिन्द सोमन, महिमा चौधरी, सतीश कौशिकलगायत कलाकारको अभिनय छ।
प्रधानमन्त्री गान्धीले देशमा 'इमरजेन्सी' घोषणा गरेको समयलाई फिल्ममा प्रस्तुत गरिएको छ। उनले सन् १९७५ जुन २५ देखि १९७७ मार्च २१ सम्म आपतकालीन समय घोषणा गरेकी थिइन्। फिल्मलाई कंगनाले आफैले निर्देशन गरेकी हुन्।