बलिउड अभिनेता वरूण धवनको फिल्म 'बेबी जोन' ले बक्स अफिसमा कमजोर सुरूआत गरेको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार फिल्मले १३ करोड भारूको ओपनिङ गरेको छ। लकडाउनपछि वरूणको यो सबैभन्दा ठूलो ओपनिङ हो। यसअघि उनका फिल्म 'जुगजुग जियो' र 'भेडिया' ले १० करोड भारूको ओपनिङ गरेका थिए।
कलीस निर्देशित फिल्म 'बेबी जोन' मा वरूण धवन, किर्थि सुरेश, वामिका गब्बी, ज्याकी श्राफलगायत कलाकारको अभिनय छ। फिल्ममा वरूण पहिलो पटक पुलिस अफिसरको भूमिकामा देखिएका छन्।