केही समयअघि बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले विवाह गरेका थिए। उनीहरूले २३ जुनमा कानुनी विवाह गरेका हुन्।
विवाहपछि उनीहरूले रिसेप्सन पार्टी आयोजना गरेका थिए। पार्टीमा परिवार, साथी र थुप्रै बलिउड कलाकारहरू सहभागी थिए। तर सोनाक्षीका दुई भाइ सहभागी थिएनन्।
हालै शत्रुघ्न सिन्हाले उनका दुई छोरा सोनाक्षीको विवाहमा सहभागी नभएको बारे खुलासा गरेका छन्।
'यस कुरामा म कुनै गुनासो गर्दिनँ। त्यो पनि एक प्रतिक्रिया हो। उनीहरू पनि मान्छे हुन्। उनीहरूलाई कल्चरल शक (संस्कृति आश्चर्य) लाग्यो। शायद उनीहरूमा यति धेरै समझदारी छैन होला,' शत्रुघ्न सिन्हाले भने।
सोनाक्षी र जहीरको विवाहको मिति सार्वजनिक भएसँगै सिन्हा परिवार खुसी थिएनन्। तर उनका पुरा परिवार विवाह सहभागी भएका थिए तर सोनाक्षीका दुवै भाइ सहभागी भएनन्।