विश्वको फिल्म क्षेत्रलाई अवलोकन गर्ने हो भने, भारतीय फिल्म क्षेत्र चर्चित अवस्थामा रहेको देखिन्छ। भारतीय फिल्म क्षेत्र चर्चामा आउनुको कारण भनेको बलिउड कलाकारहरूको मुख्य भूमिकाले हो। बलिउडका केही कलाकारहरू यस्ता छन्, जसले गर्दा बलिउड फिल्म अन्तर्राष्ट्रिय रूपमा नाम राख्न सफल भएको छ।
कुनै कलाकार पहिलो फिल्मबाट दर्शकमाझ चिनिए भने कुनै कलाकारले धेरै मिहेनत गरे।
यी हुन् डेब्यू फिल्म फ्लप भएका कलाकार–
सलमान खान
अहिलेका चर्चित कलाकार हुन् सलमान खान। तर उनको फिल्मी करियरको सुरूआत सुखद रहेन।
उनको डेब्यू फिल्म 'बिबी हो तो ऐसी' सुपर फ्लप भएको थियो। धेरैलाई त सलमानको यो पहिलो फिल्म हो भन्ने पनि थाहा छैन। उनले दोस्रो फिल्म 'मैने प्यार किया' बाट धमाकेदार कमब्याक गरे।
कट्रीना कैफ
सुपरमोडल हुँदै बलिउड छिरेकी कट्रीनाले 'बुम' फिल्मबाट डेब्यू गरेकी थिइन्। उनको सो फिल्म फ्लप भएको थियो। फिल्म रिलिज अगावै लिक भएपछि फिल्मको व्यापारमा असर गरेको थियो।
अमिताभ बच्चन
अमिताभ बच्चनले 'सात हिन्दुस्तानी' बाट डेब्यू गरेका हुन्। उनको यो फिल्म फ्लप भयो। यस फिल्मबाट उनले सह-अभिनेताका लागि राष्ट्रिय पुरस्कार जितेका थिए।
रेखा
बाल कलाकारसमेत रहेकी रेखाको अभिनेत्रीको रूपमा फिल्मी करियर फ्लप फिल्मबाट सुरू भयो। उनले फिल्म 'सावन भादोन' बाट डेब्यू गरेकी थिइन्।
रणवीर कपूर
रणवीर कपूरले सञ्जयलीला भन्सालीको 'सावरियाँ' बाट डेब्यू गरेका थिए। सोही मितिमा रिलिज भएको शाहरूख खानको 'ओम शान्ति ओम' को अगाडी फिल्म घुडाँ टेक्न बाध्य भयो।
सोनम कपूर
सोनमले पनि रणवीरसँगै 'सावरियाँ' बाट डेब्यू गरेकी थिइन्। उनको सुरूआत पनि रणवीरको जस्तै भयो।
करीना कपूर
करीना कपूरले 'रिफ्यूजी' बाट डेब्यू गरेकी थिइन्। उनले अभिनयका लागि तारिफ बटुलेपनि फिल्म बक्स अफिसमा असफल भयो।
श्रद्धा कपूर
श्रद्धा कपूरले फिल्म 'तीन पत्ती' बाट डेब्यू गरेकी थिइन्। यो फिल्म बक्स अफिसमा फ्लप भयो। पछि उनले 'आशिकी २' बाट दर्शकको मन जितेकी थिइन्।
आदित्य राय कपूर
'लन्डन ड्रिम्स', 'एक्सन रिप्ले' र 'गुजारिश' गरी आदित्यका ३ फिल्म लगातार फ्लप भए। उनले पनि श्रद्धाले जस्तै 'आशिकी २' बाट पहिलो सफलता हात पारे।
इमरान हासमी
इमरान हासमीले 'फटपाथ' बाट डेब्यू गरेका थिए। तर उनको सुरूआत राम्रो भएन। उनको पहिलो फिल्म बक्स अफिसमा फ्लप सावित भएको थियो।