बलिउड अभिनेत्री तथा बिजेपी सांसद कंगना रनावतले हालै प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेकी छन्।
उक्त भेटमा उनले बलिउड कलाकार र फिल्म क्षेत्रसँग जोडिरहन आग्रह गरेकी छन्। 'हाम्रो फिल्म क्षेत्रसँग जोडिरहनुहोला। यस क्षेत्रमा जोडिएका मान्छेहरूलाई अभिभावकको निकै आवश्यक छ। म पनि २० वर्षदेखि फिल्म क्षेत्रको भाग हुँ। मलाई लाग्छ फिल्म क्षेत्र अनाथ छ किनकी यसलाई अभिभावकको अवश्यक छ,' उनले भनिन्।
उनले थप्दै भनिन्, 'चाहे जिहादी एजेन्डा हो, चाहे फिलिस्तीनी एजेन्डा हो, कुनै पनि अभिनेता-अभिनेत्री उसको समर्थनमा आउँछन्। उनीहरूलाई अभिभावकको आवश्यक छ। उनीहरूलाई कहाँ जाने, कसलाई समर्थन गर्ने थाहा छैन। थोरै पैसा दियो भने उनीहरू जसले जे बोल भन्यो त्यहीँ बोल्छन्।'