भारतीय कलाकार फिल्मसँगै पारिश्रमिकका कारण चर्चामा आइरहन्छन्। उनीहरूको सम्पत्ति कति छ भनेर पनि तुलना भइरहन्छ।
आज हामी भारतीय कलाकारको सम्पत्ति कति छ भनेर चर्चा गर्नेछौं-
शाहरूख खान
पहिलो नम्बरमा छन् अभिनेता शाहरूख खान। उनको धेरै फिल्म हिट छन्। फिल्ममा रोमान्टिकसँगै एक्सन अभिनेताको रूपमा परिचित छन् उनी। उनको कुल सम्पत्ति ७३५ मिलियन डलर छ। 'पठान' र 'जवान' हिट भएपछि उनको सम्पत्ति बढेको हो।
ऋतिक रोशन
दोस्रो नम्बरमा छन् अभिनेता ऋतिक रोशन। उनको कुल सम्पत्ति ४१० मिलियन डलर छ। उनको पनि धेरै फिल्म हिट छन्। पछिल्लो समय उनको फिल्म आएको छैन। उनी फिल्म 'फाइटर' को प्रदर्शनको पर्खाइमा छन्।
अमिताभ बच्चन
नम्बर ३ मा छन् अभिनेता अमिताभ बच्चन। उनको कुल सम्पत्ति ३७५ मिलियन डलर छ। उनी फिल्मसँगै विज्ञापनबाट राम्रो कमाइ गर्छन्।
सलमान खान
नम्बर ४ मा छन् अभिनेता सलमान खान। उनको सम्पत्ति ३५५ मिलियन डलर छ। सलमानको १२ नोभेम्बरमा फिल्म 'टाइगर ३' रिलिज हुँदैछ। यो फिल्मको प्रचारपसारमा रहेका छन् सलमान।
अक्षय कुमार
५ नम्बरमा छन् अभिनेता अक्षय कुमार। पछिल्लो समय उनको फिल्म हिट भएका छैनन्। तर फिल्म हिट नभएपनि उनको सम्पत्तिमा खासै असर पुर्याएको छैन। उनको कुल सम्पत्ति ३२५ मिलियन डलर छ।
आमिर खान
६ नम्बरमा छन् अभिनेता आमिर खान। उनको कुल सम्पत्ति २३५ मिलियन डलर छ।
चिरञ्जीवी
७ नम्बरमा छन् अभिनेता चिरञ्जीवी। उनले दक्षिण भारतीय फिल्म क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनको कुल सम्पत्ति २०० मिलियन डलर छ।
रामचरण
८ नम्बरमा छन् रामचरण। उनले पनि दक्षिण फिल्म क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अघिल्लो वर्ष उनले अभिनय गरेको फिल्म 'आरआरआर' को गीत 'नाटु नाटु' ले अस्कर अर्वाड जितेको थियो। जसको कारण पनि उनी दर्शकको मन जित्न सफल भइरहेका छन्। उनको कुल सम्पत्ति भने १७५ मिलियन डलर छ।
सैफ अली खान
९ नम्बरमा छन् सैफ अली खान। उनी बलिउडका चर्चित अभिनेता हुन। उनको कुल सम्पत्ति १५० मिलियन डलर छ।
नागार्जुन अक्किनेनी
१० नम्बरमा छन् अभिनेता नागार्जुन अक्किनेनी। उनको कुल सम्पत्ति १२३ मिलियन डलर छ।
प्रियंका चोपडा
११ नम्बरमा छिन् बलिउड अभिनेत्री प्रियंका चोपडा। उनले बलिउडसँगै हलिउडमा काम गरेकी छन्। उनको कुल सम्पत्ति ७५ मिलियन डलर छ।
अनुपम खेर
१२ नम्बरमा छन् अभिनेता अनुपम खेर। उनले अभिनय गरेका धेरै फिल्म हिट छन्। उनको कुल सम्पत्ति ७५ मिलियन डलर छ।
अजय देवगन
१३ नम्बरमा छन् बलिउड अभिनेता अजय देवगन। उनको कुल सम्पत्ति ६५ मिलियन डलर छ।
दीपिका पादुकोण
१४ नम्बरमा छिन् बलिउड अभिनेत्री दीपिका पादुकोण। उनको कुल सम्पत्ति ६५ मिलियन डलर छ।
करीना कपूर खान
१५ नम्बरमा छिन् बलिउड अभिनेत्री करीना कपूर खान। उनको कुल सम्पत्ति ६० मिलियन डलर छ।
रजनीकान्त
१६ नम्बरमा छन् अभिनेता रजनीकान्त। उनको कुल सम्पत्ति ५५ मिलियन डलर छ।
मिथुन चक्रवर्ती
१७ नम्बरमा छन् अभिनेता मिथुन चक्रवर्ती। उनको कुल सम्पत्ति ५० मिलियन डलर छ।