कोर्टरूम फिल्म शृंखला 'जली एलएलबी' को तेस्रो संस्करण शुक्रबारदेखि प्रदर्शनमा छ।
अक्षय कुमार र अर्शद वारसीको शीर्ष अभिनय रहेको 'जली एलएलबी-३' ले बक्स अफिसमा सुखद् कमाइ गरेको छ।
सुभाष कपूर निर्देशित फिल्मले दुई दिनमा भारतीय बक्स अफिसमा ३२ करोड ५० लाख भारू कमाइ गरेको छ। पहिलो दिनको तुलनामा दोस्रो दिनको कमाइमा ६० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबार १२ करोड ५० लाख ग्रस कमाएको फिल्मले शनिबार २० करोड भारू कमाइ गरेको हो।
'जली एलएलबी-३' मा अक्षय र अर्शदसँगै सौरभ शुक्ला पनि शीर्ष भूमिकामा छन्। यो फिल्म नेपालका सिनेमा हलहरूमा पनि प्रदर्शन भइरहेको छ।
यो पनिः जली एलएलबी–३: के यसले अघिल्ला दुई सुपरहिट फिल्मको विरासत धान्ला?