हलिउड कलाकारहरूले हड्ताल रोकेका छन्। ११८ दिनपछि हलिउड कलाकारले हड्ताल रोकेका हुन्।
एसएजी-एएफटी आरएको स्टुडियोको विरोधमा हड्ताल भएको थियो। आन्दोलनमा १ लाख ६० हजार जना कलाकारले सहभागिता जनाएका थिए। यो हड्तालले हलिउड क्षेत्रलाई हल्लाइदिएको छ।
१४ जुलाईदेखि सुरू भएको हड्ताल हलिउड फिल्म र टेलिभिजन कलाकारको छाता संस्था साग-आफ्टाबीच अस्थायी सम्झौता भएपछि रोकिएको हो। सम्झौतापछि हलिउड कलाकारहरूको पारिश्रमिक सात प्रतिशतले वृद्धि हुने र कृत्रिम बौद्धिकता (एआई) बाट सुरक्षित हुने भएको छ।
यो हड्तालको कारण करिब चार महिनादेखि फिल्म निर्माण बन्द हुँदा मनोरञ्जन क्षेत्रको भविष्यमाथि प्रश्न उठेको थियो। तर हड्तालपछि हलिउडका कलाकारहरू फिल्मको सेटमा फर्किन सक्ने उर्जा पाएका छन्।
हड्तालनकै कारण हलिउड फिल्म 'डेडपुल ३' 'ग्लेडिएटर २' र 'विक्ड' जस्ता फिल्म निर्माण अलपत्र परेको थियो। अन्य फिल्मको छायांकन समेत रोकिएको थियो। यो हड्तालनबाट ६ अर्ब डलरभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ।