बलिउड फिल्म 'आदिपुरुष' लेखेपछि चर्चित भएका थिए मनोज मुन्तशिर। उनी नकारात्मक प्रतिक्रियाले चर्चामा आएका थिए।
उनले 'जानकी भारतकी हुन्' भन्ने अभिव्यक्ति दिएपछि नेपालमा समेत उनकाे चर्चा भएको थियो। यसबीच उनी निराश भएको देखिन्छन्। भारती संचारमाध्यमका अनुसार फिल्मको कारण विवाद भएपछि उनले आफूलाई दोस्रो मौका पनि दिनुपर्ने बताएका छन्।
'आदिपुरुष लेख्दा गल्ती भएता पनि मैले दोस्रो मौका पाउनुपर्छ,' उनले एक अन्तर्वातामा भनेका छन्।
फिल्मको विवादपछि उनको व्यक्तिगत जीवनमा पनि असर परेको थियो। उनले फिल्ममा सनातन धर्मलाई असर पुग्ने गरी केही गल्ती लेखेका थिए। जसको कारण विवाद भएको थियो। यो फिल्मको कथा लेख्दा यति धेरै विवाद हुन्छ भनेर नसोचेको बताउँछन् उनी।
'६०० करोड लगानी गरेपछि यो फिल्म दर्शकलाई मनपरोस् भनेरै सोचेका थियौं। फिल्म आएपछि कसैले पनि आफ्नो करिअर नै सकियोस् भनेर सोच्दैनन्। यो फिल्ममा मेरो केही एजेन्डा छैन,' उनले भने।
फिल्म विवादपछि उनले आफ्नो सफाइ दिएकोमा पछुतो मानिरहेका छन्। उनले विवादमा आफ्नो कुरा राख्नु नै सबैभन्दा ठुलो गल्ती भएको समेत बताएका छन्। विवाद भएपछि उनले सामाजिक संजालबाट ब्रेक लिएका थिए।