पछिल्लो समयमा कम बजेटका फिल्महरूले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार फिल्म '१२ वीं फेल' लाई दर्शकले खुबै रूचाइरहेका छन्। सामाजिक सञ्जालमा यो फिल्मको प्रशंसा भइरहेको छ।
यति मात्र होइन, यो फिल्मले एक सातामै भारतीय बक्स अफिसमा १३ करोड भारू कमाएको छ। १ करोड १० मा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २ करोड ५० लाख, तेस्रो दिन ३ करोड १० लाख, चौथो दिन १ करोड ५० लाख, पाँचौ दिन १६५ लाख, छैटौं दिन १ करोड ८५ लाख र सातौं दिन १ करोड ३० लाख भारू कमाएको छ।
विधु विनोद चोपडा निर्देशित फिल्मले आगामी दिनमा अझै राम्रो कमाइ गर्ने ट्रेड एनालिस्टहरूको अनुमान छ।
फिल्मले बक्स अफिसमा सफलता हासिल गरेपछि अभिनेता विक्रान्त मैसीले भारतीय मिडियासँग खुसी साटेका छन्।
इन्डिया टुडेसँग कुनाकानी गर्दै भनेका छन्, 'म दर्शकको फोन र म्यासेजले निकै खुशी छु। यो फिल्मको लागि मैले निकै मेहनत गरेको छु। दर्शकले यस फिल्मलाई रूचाउँदा म उत्साहित भएको छु।'