बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म हो।
यो फिल्मले प्रदर्शनको ५५ औं दिनमा पनि राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम कोइमोइका अनुसार फिल्मले प्रदर्शनको ५५ औं दिन १५ लाख भारू कारोबार गरेको छ।
'जवान' ले बक्स अफिसमा विभिन्न रेकर्ड राख्दै ६४० करोड ४२ लाख भारू कमाएको छ। यो ६०० करोड क्लबमा सामेल हुने पहिलो हिन्दी फिल्म बनेको छ। फिल्मले विश्वभरबाट १०६९ करोड ८५ लाख भारू कमाएको छ।
यो फिल्मको बजेट ३०० करोड भारू बताइएको छ।
एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियमणिलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।
फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।