विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिन्नरलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ।
गत वर्ष दुईवटा प्रतिबन्धित औषधी सेवनको परीक्षणमा सकारात्मक नतिजा आएपछि विश्व डोपिङ एजेन्सी (वाडा) ले प्रतिबन्ध लगाएको हो। वाडा लगाएको तीन महिनाको प्रतिबन्ध उनले स्वीकार गरेका छन्।
गत महिना अस्ट्रेलियन ओपन जितेका २३ वर्षीय इटालियन खेलाडीलाई ९ फेब्रुअरीदेखि ४ मे सम्म निलम्बन गरिएको छ।
अब उनी मे १९ देखि सुरु हुने वर्षको अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनमा खेल्न योग्य हुनेछन्।
अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सीले सिन्नरलाई निलम्बन नगर्ने २०२४ को निर्णयको विरुद्धमा वाडाले अपील गरेको थियो।
वाडाले दुई वर्षसम्मको प्रतिबन्ध चाहेको थियो। तर शनिबार उनले आफ्नो फिजियोथेरापिस्टद्वारा अन्जानमा प्रतिबन्धित पदार्थ खाएको स्वीकार गरेको र अब मुद्दा नचल्ने बताइएको छ।
तीन पटकका ग्रान्डस्ल्याम च्याम्पियनले नियतबस औषधी नखाएको बताइएको छ।
उनका वकिलहरूद्वारा जारी विज्ञप्तिमा सिन्नरले भनेका छन् ‘यो मुद्दा लगभग एक वर्षदेखि ममाथि थियो र यो प्रक्रिया अझै पनि वर्षको अन्त्यमा मात्र निर्णय हुने प्रक्रियमा थियो। मेरो टोलीको लागि जिम्मेवार छु र महसुस गर्छु कि वाडाको कडा नियमहरू मलाई मन पर्ने खेल टेनिसको लागि महत्त्वपूर्ण सुरक्षा हुन्। त्यसै आधारमा मैले तीन महिनाको सजाय गर्ने वाडाको प्रस्ताव स्वीकार गरेको छु।’