थाइल्याण्डको चाङमाइमा आयोजना भईरहेको २९ औं थाइल्याण्ड मास्टर्स एथलेटिक्समा नेपालले दुई पदक हात पार्न सफल भएको छ।
नेपालको लागि मास्टर्सतर्फ यो ठुलो उपलब्धि हो।
नेपालका खेलाडी कृष्णप्रसाद सिग्देले लङजम्पतर्फ रजत पदक हात पार्न सफल भएका हुन्।
नेपाली टोलीका ब्यवस्थापक भैरव शाहीका अनुसार अर्को पदक गिर्वाणविक्रम शाहले प्राप्त गरेका हुन्।
शाहले १५ सय मिटल दौडमा कास्य पदक प्राप्त गरेको ब्यवस्थापक शाहीले जानकारी गराए।