शुक्रबारदेखि काठमाडौंमा सुरू भएको नेपाल कबड्डी लिगमा काठमाडौं माभरिक्सले रोमाञ्चक जित निकालेको छ।
त्रिपुरेश्वरस्थित कबर्ड हलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले हरायो। यो जितले काठमाडौंले पाँच अंक जोडेको छ।
जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ।
काठमाडौंले जितमा उत्कृष्ट खेल देखाएका कप्तान घनश्याम रोक्कामगर म्यान अफ द म्याच भए।
नेपालमा पहिलोपल्ट सुरु भएको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्याण्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिष्पर्धा गर्दैछन्। लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ।
थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको लिग खेल्दैछन्।