‘नेइमारको मूल्य दुई वर्षभित्र दोब्बर हुनेछ’

‘नेइमारको मूल्य दुई वर्षभित्र दोब्बर हुनेछ’


क्लव परिवर्तन  गर्दा विश्व रेकर्ड कायम गरेका ब्राजिलियन फुटबल खेलाडी नेइमारको ख्याति आगामी दुई बर्षमा दोब्बर हुने पेरिस साँ जाँमा (पिएसजी) का अध्यक्ष नासेर अल खेलाफीले बताएका छन्।

नेइमारलाई स्पेनी फुटबल क्लब, बार्सिलोनाबाट दुई करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल्क तिरेर पिएसजीले भित्र्याएको हो। यो स्थानान्तरण लागत अहिलेसम्मकै उच्च हो।

पच्चीस बर्षीय नेइमारको स्पेनी क्लबबाट हुने स्थानान्तरण शुल्कले विश्वलाई आश्चर्यमा पारेको छ । यस पहिलेको रेकर्डमा स्थानान्तरण शुल्क सबैभन्दा बढी फ्रान्सका नागरिक पाउल पोग्वालाई मेनचेस्टर यूनाइटेडले गरेको थियो। उक्त शुल्क नेइमारको अहिलेको शुल्कको तुलनामा आधा कम थियो।

शुक्रबार नेइमारको साथमा पत्रकारसम्मेलनमा सहभागी भएका अल खेलाफीले भने, विश्वमा दुई नेइमार छैनन् । आगामी दुई वर्षमा हामी भेट हुँदा नेइमारको मूल्य (ख्याती) कति हुनेछ भन्ने बिषयमा तपाईंहरूलाई म बताउन चाहन्छु । हेर्दै जानोस् । कम्तीमा पनि दोब्बर हुनेछ ।”

त्यसैगरी नेइमारले पिएसजीसँगको अनुबन्ध भएपछि बोल्दै पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै भने, “म चुनौती भोग्न तयार रहेको महसुस गर्दैछु । मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हरेक कुरा गर्नेछु ।”

उनले बार्सिलोनालाई छोड्ने निर्णय लिन निकै कठीन भएको जनाउँदै क्लब र क्लब सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्।

पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो ।

हप्तौंदेखिको अनुमानपछि नेइमारले बुधबार बार्सेलोनामा अभ्यासका लागि पुगेपनि सोही दिन स्पेनको बार्सेलोना क्लबलाई छाड्ने बताएका थिए।

बार्सिलोनाले नेइमारलाई आफ्नो भविष्य रोज्ने छुट भएको बताएपनि उनले बार्सिलोना क्लब छोड्दा तिर्नुपर्ने रकमका बिषयमा भने निकै विवाद देखिएको थियो ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.